लिङ्ग उत्तेजित हुँदा यसले असजिलो गर्यो भने यौनसम्पर्कमा पनि असजिलो हुन्छ। उपचारका लागि एउटा सानो शल्यक्रिया गर्नुपर्ने हुन्छ। अग्रचर्म काट्न गरिने शल्यक्रियालाई Circumcision भनिन्छ। यो शल्यक्रिया अग्रचर्म साँघुरो भएको स्थितिका लागि एउटा प्रभावकारी उपाय हो। यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन। वास्तवमा यस्तो किसिमको शल्यक्रिया दस-पन्ध्र मिनेटमै सकिन्छ। वयस्कहरूलाई शल्यक्रिया गर्दा बेहोस गर्नुपर्ने आवश्यकता पनि पर्दैन। पीडा मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ। शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ। शल्य चिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधी सेवन गर्नुपर्ने हुन सक्छ। त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुनः शल्यचिकित्सककहाँ आउनुपर्छ। राम्रो स्थानमा दक्ष चिकित्सकबाट शल्यक्रिया गराउँदा यसका नकारात्मक असरहरू एकदमै न्यून भएको देखिन्छ। अग्रचर्म काटिएको स्थानको संक्रमण तथा रक्तश्राव प्रायःजसो हुने असर हुन्। काटेको स्थानमा रगत जम्मा हुने (haematoma) जस्ता समस्या पनि देखिन सक्छ। कुनै पनि ठूला अस्पतालको शल्यचिकित्सा विभागमा सम्पर्क राखी यो शल्यक्रिया गराउन सकिन्छ।
Home »
Yaun Jivan
» लिङ्ग उत्तेजित हुँदा यसले असजिलो गर्यो भने =>
लिङ्ग उत्तेजित हुँदा यसले असजिलो गर्यो भने =>
Posted by Unknown
Posted on 6:30 AM
with No comments
Labels:
Yaun Jivan
0 comments:
Post a Comment