Home » » अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ भिडियो हेर्नुहोस !

अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ भिडियो हेर्नुहोस !

अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ । विश्वको पहिलो उड्ने कार आउँदो
 दुइ वर्षमा बजारमा उपलब्ध हुने बताइएको छ । यो उड्ने कारको निर्माता अमेरिकी कम्पनी
टेराफुजियाले सन् २०१५ को सुरु सम्ममा उड्ने कार बजारमा पठाइने बताएको छ ।
कम्पनीले यो उड्ने कारको मनै लोभ्याउने मोडेल समेत सार्वजनिक गरेको छ ।

कार र जहाजको वर्णशंकर जस्तो देखिने टिएफ एक्स नामको उक्त उड्ने कारमा दुइ सिट
 हुनेछन् भने चारवटा पांग्रा तथा पखेटा रहनेछन् । यो कार ग्यारेजमा थन्काउन
सकिने र उडाउनका लागि धावनमार्ग नचाहिने कम्पनीको दाबी छ ।

गएको वर्ष कम्पनीले यो उड्ने कारको परीक्षण उडान गर्दै १४ सय फिट सम्म उडाएको थियो ।
यो उड्ने कारको मूल्य भने निकै महंगो हुनेछ । यसको मूल्य ३ लाख अमेरिकी
डलर हुने बताइएको छ ।

यो उड्ने कारका विशेषता निम्न छन् :

यो कारको गति जमिनमा ७० माइल प्रतिघण्टा र हावामा ११५ माइल प्रतिघण्टा हुनेछ ।

यो कारमा २३ ग्यालोन क्षमताको इन्धन ट्यांकी हुनेछ । इन्धनको खपत हावामा
 प्रतिघण्टा ५ ग्यालोन र जमिनमा प्रतिघण्टा ३५ ग्यालोन हुनेछ ।

यसमा चालक सहित दुइ यात्रु हुनेछन् । More information about
Terrafugia can be found at www.driventofly.com.
Share this video :

0 comments:

Post a Comment

 
Support :