राजधानिमा उच्च पदस्थ व्यक्ति देखि सर्वसाधारण व्यक्ति सम्म सुरक्षित रहेका छैनन् । राज्यमा कानुन बलियो
नभएपछि अवश्यनै सुरक्षाको प्रत्याभुति पाउन गाह्रो हुन्छ जनताहरुलाई । सानो विवाद होस् वा ठुलो साना
हतियारको प्रयोग बढेको छ । सजिलै लुकाउन सिकिने, आसारपसारमा पनि सजिलो र सस्तो हुने
भएकाले साना हतियार अपराधिका लागि लोकप्रीय बन्ने गर्छ । यस्ता हतियारको प्रयोग सुरक्षा निकायको लागि
टाउको दुखाइको विषय बनेको छ । साना देखि ठुला विवादको घटनामा समेत साना हतियार प्रयोग हुन थालेपछि
साना हतियारको कुरा चुलिएको छ । साना हतियारको प्रयोग बढ्दो भएपनि यसलाई नियन्त्रण गर्न
चुकेको छ प्रहरी । राजधानिमा भएका यस्ता घटनाले राज्यमा नागरीक कति सुरक्षित छन् भन्ने
प्रश्न उब्जाएको छ आम जनमानसमा । विभिन्न संस्थामा रहेका मानिसहरुले सफलता मात्र कमाउदैनन्
अवश्य पनि शत्रुहरुपनि कमाइरहेका हुन्छन् । राजधानिमा थुप्रै घटनाहरुहरु भएका छन् जसले राज्यको सुरक्षाको
विषयमा प्रश्नहरु उब्जीएको छ । काँडाघारि निवासि रमा भट्टराईलाई पनि यस्तै भएको छ । विभिन्न
शिक्षण तथा वित्तिय पेशामा सक्रिय रमाको ज्यानै मार्नेत परको कुरा झगडा गर्ने व्यक्ति समेत थिएनन् ।
बैशाख ६ बजे साँझ बानेश्वरबाट फर्कने क्रममा उनलाई पेप्शिकोलामा गोलि प्रहार गरीयो । यस्ता धेरै घटनाका
उदाहरणहरु पछिल्लो समय बढेर गइरहेको छ । यस्ता घटनाबाट आम नागरिकले सुरक्षा संवेदनसिलताको प्रश्न
उठाउनु परिरहेको छ । आफ्नो सुरक्षामा राज्यले प्रभावकारी कदम चाल्न नसकेको देखेर चिन्तीत बनेका छन् ।
राज्यले सुरक्षाको निम्ति कस्तो रणनिति अपनाउलात भन्ने प्रश्न जोडतोडका साथ उव्जीएको छ
अहिले ।prime story
0 comments:
Post a Comment